शुक्रबार, पुस ११, २०८२

सुदूरपश्चिमको बजेट खर्च एक तिहाइमात्र

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले कुल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ।

National life

चालु आव २०८०/८१ को साउनदेखि बैशाख मसान्तसम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कुल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत अर्थात् १० अर्ब ६४ करोड ६३ लाख रूपैयाँ खर्च गरेको हो।

सो अवधिमा प्रदेश सरकारले चालुतर्फ पाँच अर्ब तीन करोड ४४ लाख र पुँजीगततर्फ पाँच अर्ब ६१ करोड १८ लाख रूपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कैलालीका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए।

उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी चार अर्ब ९२ करोड ३१ लाख बजेट खर्च गरेको छ।

सामाजिक विकास मन्त्रालयले दुई अर्ब ४७ करोड नौ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ७८ करोड ७१ लाख र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७१ करोड १८ लाख खर्च गरेको उनले जानकारी दिए।

Laxmi sunrise bank
kumari

सूचना अधिकारी पाण्डेयका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयले १४ करोड ६२ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १४ करोड नौ लाख र आर्थिक मामिला मन्त्रालयले छ करोड ६६ लाख रूपैयाँ खर्च गरेको छ।

त्यस्तै, प्रदेश व्यवस्थापिकाले १० करोड १६ लाख, प्रदेश लोक सेवा आयोगले चार करोड चार लाख र प्रदेश नीति तथा योजना आयोगले एक करोड ७३ लाख रूपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयलका अनुसार प्रदेश सरकारले चालु आवका लागि कुल २९ अर्ब २८ करोड ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसमध्ये चालुतर्फ ११ अर्ब ९६ करोड १६ लाख, पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। रासस

प्रकाशित: May 14, 2024| 19:31 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्