शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने, त्यसपछि फेरि संसद् अवरुद्ध

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने, त्यसपछि फेरि संसद् अवरुद्ध

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई संसद्‍को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ।

National life

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै यसबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको कांग्रेसले नीति कार्यक्रम भने नरोक्ने भएको हो।

नीति कार्यक्रम प्रस्तुत गर्न नरोके पनि संसद्‍का अरु गतिविधि अगाडि बढ्न नदिने कांग्रेसको रणनीति छ। यसबारे औपचारिक निर्णय गर्न आज बिहान संसदीय दलको बैठक बसेको थियो। बैठकले संसद्‍का अरु गतिविधि अघि बढ्न नदिने निर्णय पनि गरेको छ।

आज बिहान प्रधानमन्त्री प्रचण्डले कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग नीति कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए। सहकारीका समस्या समाधान गर्न आफूले पहल गर्ने भन्दै प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगर्न अनुरोध गरेका थिए। 

संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री लचक भए पनि एमाले र रास्वपा तयार छैनन् । 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 14, 2024| 10:37 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्