शुक्रबार, पुस ११, २०८२

संसद्‍को अवरोध खुलाउन बिहानैदेखि पहल

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहानैदेखि पहल थालेका छन्।

प्रधानमन्त्रीले बालुवाटारमा कांग्रेसका नेताहरुसँग छलफल गरेका छन्। छलफलमा कांग्रेस महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।
 
आज दिउँसो ३ बजे संसद् बैठक बोलाइएको छ र आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। सरकारको नीति तथा कार्यक्रममा अवरोध नपुगोस् भनेर प्रधानमन्त्रीले संवादलाई तीव्रता दिएका हुन्। कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ। उसले यही माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

संसद्को बर्खे अधिवेशन प्रारम्भ भएको दिन पनि कांग्रेसले संसद् बैठक अवरूद्ध गरेको थियो। नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने संसदीय छानबिन समिति बनाउनु नपर्ने बताउँदै आएका छन्। दुवै पक्ष आ–आफ्नो अडानमा रहेकाले गाँठो फुक्न सकेको छैन।

प्रकाशित: May 14, 2024| 08:09 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्