आइतबार, जेठ २५, २०८२

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

 |  सोमबार, वैशाख ३१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३१, २०८१

vianetvianet

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ।

आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरेका छन्। उनको विपक्षमा भने शून्य मत परेको थियो। प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो। 

आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भने अनुपस्थित थिए। कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सदस्य उपस्थित थिए। 

कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बनेका हुन्। यसअघि विश्वासको प्रस्तावमाथि भएको छलफलमा नेकपा (एमाले)का प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगुले विश्वासको प्रस्तावको पक्षमा मन्तव्य राखेका थिए। यसैगरी राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दल प्रतिपक्षमा बस्ने र मतदानमा तटस्थ बस्ने बताएका थिए।

प्रकाशित: May 13, 2024| 16:33 सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्