आइतबार, मंसिर २८, २०८२

उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले दिए राजीनामा

 |  सोमबार, वैशाख ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३१, २०८१

काठमाडौं- उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन्। उनले सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन्।

National life

यसैगरी, यादवको पार्टीबाट सरकारमा राज्यमन्त्री रहेका दीपक कार्कीले पनि राजीनामा दिएका छन्। दुवैजनाले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएका हुन्।

यादव प्रचण्ड नेतृत्वको यो सरकारमा २ महिनाअघि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए। जसपा नेपालका अर्का सांसद नवलकिशोर साह सुडी वन मन्त्री छन्। उनी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा लागेका छन्।

प्रतिनिधि सभामा १२ जना सांसद रहेको जसपा नेपालबाट ७ जना सांसद अलगिएर हालै अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी गठन गरेका थिए। यादव अमेरिका हुँदा उनको पार्टी जसपा नेपाल विभाजित भएको थियो।

प्रकाशित: May 13, 2024| 11:28 सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्