मंगलबार, वैशाख १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्रीमाथि छानबिन गर्ने संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक

गृहमन्त्रीमाथि छानबिन गर्ने संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक

 |  आइतबार, वैशाख ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएको छ।

National life

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकपछि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

छलफलपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा लेखकले प्रधानमन्त्रीसँग नेपाली काँग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने माग राखेको र प्रधानमन्त्री सो विषयमा सकारात्मक भएको बताएका हुन्।

‘हामीले सहकारी सन्दर्भमा जे कुरा उठाउँदै आएका छौं, संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्ना कुरा राखेका छौं। प्रधानमन्त्रीज्यूसँग यो बारेमा कुराकानी भयो,’ उनले भने, ‘हामीले आफ्ना कुरा राखेका छौं। प्रधानमन्त्रीजीले सकारात्मक ढंगले लिनुभएको छ। सकारात्मक कुरा नै छ। हामीले हाम्रो कुरालाई यथावत् राखेका छौं। प्रधानमन्त्रीजीले सकारात्मक कुरा गर्नुभएको छ।’ सोमबार बस्ने संसदीय दलको बैठकले थप निर्णय गर्ने पनि उनले बताए।

प्रतिनिधि सभाको अर्को बैठक मंगलबार साँझका लागि बोलाइएको छ र सो बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

kumari

नेपाली कांग्रेसले सहकारी छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ।

 

प्रकाशित: May 12, 2024| 12:50 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्