शनिबार, भदौ २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संसद् खुलाउन कांग्रेस सभापति देउवासँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

संसद् खुलाउन कांग्रेस सभापति देउवासँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

 |  आइतबार, वैशाख ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन्।

Kumaribank

संसद्को गतिरोध अन्त्यका लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई छलफलका लागि बोलाएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल अहिले बिहान ९ बजे हुने कार्यक्रम छ। संसद्को बर्खे अधिवेशन सुरू भएको दिन शुक्रबार नेपाली कांग्रेसले बैठक अवरूद्ध गरेको थियो। बैठक खुलाउन सभामुखले पहल गरे पनि सफल भएको छैन। अर्को बैठक जेठ १ गतेका लागि बोलाइएको छ। त्यसदिन राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। 

सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको छ। तर सत्तापक्ष संसदीय छानबिन समिति बनाउन नपर्ने अडानमा छ। दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि संसद् बन्धक बनेको छ। 
 

प्रकाशित: May 12, 2024| 09:28 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्