सोमबार, भदौ ८, २०८३

संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको होः निधि

 |  शनिबार, वैशाख २९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २९, २०८१

धनुषा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले  संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा रहेको बताएका छन्।

जनकपुरधाममा नेपाली कांग्रेस धनुषाद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा  उनले सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्नेमा कांग्रेस अडिग रहेको बताए।

‘सरकारले समिति बनाउन साथ दिनुको सट्टा विवादलाई बढाउने काम गरिरहेको छ,’ नेता निधिले भने।

नेता निधिले समग्र निर्वाचन प्रणालीमा सुधार गरेर अगाडी बढ्न तथा प्रदेशलाई बलियो बनाउनका लागि प्रहरी तथा कर्मचारी समायोजनमा  ढिलाइ गर्न नहुने पनि बताए।  

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव, मिनाक्षी झा, मधेश प्रदेशसभा सदस्य रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगेन्द्र पञ्जियार, कांग्रेस धनुषाका उपसभापति गणेश झालगायतले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: May 11, 2024| 19:41 शनिबार, वैशाख २९, २०८१
प्रतिक्रिया दिनुहोस्