सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • दुई पटकको प्रयासमा पनि चल्न सकेन संसद्, जेठ १ गतेसम्मका लागि स्थगित

दुई पटकको प्रयासमा पनि चल्न सकेन संसद्, जेठ १ गतेसम्मका लागि स्थगित

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- प्रतिनिधि सभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ।

कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका बैठक स्थगित गरेका हुन्। जेठ १ गते सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले बाचन गर्ने कार्यक्रम छ।

आज सुरु भएको बजेट अविधेशनको पहिलो बैठक नै अवरुद्ध भएको हो। दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु भएको थियो। तर बैठक कांग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको थियो। करिब एक घण्टापछि बसेको दोस्रो बैठकमा पनि कांग्रेस सांसदले बेल घेरेर नाराबाजी गरेका थिए।

प्रकाशित: May 10, 2024| 18:01 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्