बिहीबार, जेठ २१, २०८३

संसद्‌को दोस्रो बैठकमा पनि कांग्रेसको नाराबाजी र अवरोध

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१
National life
Shivam cement

काठमाडौं- प्रतिनिधि सभाको शुक्रबारको दोस्रो बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेको छ। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै कांग्रेस सांसदहरू उठेर नारबाजीसहित वेल घेराउमा उत्रेका थिए।

सभामुखले विरोधका बीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न समय माग गरेको जानकारी गराएका थिए। आजै सुरु भएको बजेट अधिवेशनको पहिलो बैठक पनि कांग्रेसकै अवरोधका कारण स्थगित भएको थियो।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग कांग्रेसले गरिरहेको छ। 

प्रकाशित: May 10, 2024| 17:59 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्