शुक्रबार, पुस ११, २०८२

यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका २५ निर्णय

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले २५ वटा निर्णय गरेको छ।

National life

बंगलादेशमा आयोजना हुने लर्निङ एक्सचेन्ज एण्ड एक्सपेरिन्स शेयरिङ भिजिटमा जान राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. शिवराज अधिकारीलाई स्‍वीकृति दिएको छ। प्रहरी अतिरिक्त महानिरीक्षकहरू (एआइजी) टेकप्रसाद राईलाई प्रशासन विभाग र सुदिप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरूवा गर्ने निर्णय भएको छ। 

त्यस्तै सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र  भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने भएको छ।

बैठकले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको छ।  यसैगरी बैठकले समाजकल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, (सुनसरी)लाई मनोनयन गर्ने र भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर (काठमाडौं) लाई  नियुक्त गर्ने निर्णय गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 10, 2024| 17:34 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्