सोमबार, भदौ ८, २०८३

कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिट पूर्ण इजलासमा पठाइयो

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

मुख्यमन्त्री कार्कीविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट हालेका थिए। रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले संविधानको व्याख्यासँग जोडिएकाले पूर्ण सुनुवाइबाट निरूपण हुनुपर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

निवर्तमान मुख्यमन्त्री कार्कीले दायर गरेको रिटमा मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्ति बदर गर्न र आफूलाई मुख्यमन्त्रीका रूपमा कामकारबाही गर्न दिन अन्तरिम आदेश माग गरिएको थियो।

प्रकाशित: May 10, 2024| 17:29 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्