आइतबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बीवाईडीको लक्की ड्र सार्वजनिक, ११ जनाले जर्मनी गएर युरोकप हेर्न पाउने

बीवाईडीको लक्की ड्र सार्वजनिक, ११ जनाले जर्मनी गएर युरोकप हेर्न पाउने

 |  शुक्रबार, वैशाख २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

vianetvianet

काठमाडौं- बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले युरोकप हेर्न जान पाउने लक्की ड्र वितेजा ग्राहक सार्वजनिक गरेको छ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले विजेता सार्वजनिक गरेको हो। साइमेक्स इंकले ‘नेपाली अब युरो कपमा’ योजनाअन्तर्गत ११ जना विजेता ग्राहकले ‘यूईएफए युरो २०२४’ लाइभ हेर्न पाउने योजना ल्याएको थियो।

गत फेब्रुअरीदेखि मे ५ सम्म बीवाईडीको गाडी खरिद तथा बुकिङ गर्ने ग्राहकमध्ये ११ जनाले लक्की ड्र अथवा चिठ्ठामार्फत् यो अफर जितेका हुन्। कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्यले चिठ्ठा निकालेका थिए। दुई बक्सामा करिब ८०० ग्राहकको नामसहितको चिठ्ठामध्ये ११ जना छानिएका हुन्।

यसअघि बिवाइडी कस्टमर कार्निभलमा जयराम न्यौपानेले पनि यो अवसर हात पारिसकेको कम्पनीले जनाएको छ। शुक्रबार विजेता बन्न सफल हुने पहिलो चरणमा शास्वत गौतम ४०७, श्याम सुन्दर श्रेष्ठ र सुदर्शन श्रेष्ठ ०७४, बिजेन्द्र शाक्य ०८८ , कबिनराज श्रेष्ठ ३७३ र दिनेश प्याठा ०२६ रहेका छन्।

यस्तै दोस्रो चरणका बिजेतामा  गणेश कँडेल ६६२, डा. ममता क्षेत्री र डा जगदीश तिमिल्सिना ६५३,  प्रदीप पौडेल ६८२, सगरमाथा टेलिभिजन र बिमल गुरुङ १६२, जयप्रकाश दास ६९१ र सजिना पाण्डेय २०० रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नामको पछाडि रहेको कोड नम्बरका आधारमा विजेताले आफू हो भनेर थाहा पाउन सक्छ।

National life insurance

यी विजेता बीवाईडीका ग्राहकले जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका विभिन्न फुटबल मैदानमा हुने यूईएफए युरोकप २०२४ का खेलहरू त्यहीँ गएर हेर्न पाउने भएका हुन्। विश्वको प्रमुख न्यू इनर्जी भेहिकल (एनईभी–ईभी) निर्माता बीवाईडी यूईएफए (युनियन अफ युरोपियन फुटबल एसोसियसन) युरोपियन फुटबल च्याम्पियनसिप २०२४ को आधिकारिक ईमोबिलिटी पार्टनर समेत रहेको छ।

प्रकाशित: May 10, 2024| 16:57 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्