मंगलबार, वैशाख १, २०८३

नयाँ एनसेल सेन्टर वीरगञ्जमा

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले  ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ घन्टाघर (शिव आँखा अस्पताल नजिक) आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ।

National life

एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रम माझ बिहीबार उक्त नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका थिए। यो सेन्टरबाट ग्राहकहरुले सबै ग्राहक सेवा प्राप्त गर्न सक्छन्।

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी तपाईंकै लागि’ अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन्।

यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन्।

“सधैं हामीले गर्ने सबै कार्यहरुमा हामी हाम्रा ग्राहकहरुलाई केन्द्र राख्छौं र ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत रही उच्च ग्राहक अनुभव प्रदान गर्दै हाम्रा ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्न पाएकोमा हामी खुसी छौं, ” रोड्रिगेजले भने।वीरगन्जमा यो नयाँ एनसेल सेन्टरको उद्घाटन तथा संचालनले हाम्रा ग्राहकहरूलाई स्थानीय रूपमा विश्वस्तरीय सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुनःपुष्टि गर्दछ।”

kumari

नयाँ सेन्टरको उद्घाटनको अवसरमा यस सेन्टरबाट रु १०० र यो भन्दा बढि ब्यालेन्स रिचार्ज गर्ने हरेक ग्राहकलाई एनसेलका विभिन्न उपहार प्रदान पनिगरिएको थियो।

आइतबार देखि शुक्रबार हप्ताको ६ दिन यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ। यस अघि एनसेलले माइस्थान वीरगञ्जमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै     आएको थियो। आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ।

 

प्रकाशित: May 10, 2024| 16:56 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्