शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस सांसदले समय कम भयो भनेपछि सभामुखको प्रश्न- सदन चलाउने कुरा कहाँबाट तय हुन्छ?

कांग्रेस सांसदले समय कम भयो भनेपछि सभामुखको प्रश्न- सदन चलाउने कुरा कहाँबाट तय हुन्छ?

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सदन चलाउने विषय कहाँबाट तय हुन्छ भनेर प्रश्न गरेका छन्। शुक्रबार कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेपछि सभामुख घिमिरेले यस्तो बताएका हुन्।

National life

सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख घिमिरेले कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य गगन थापालाई बोल्न समय दिए। सभामुखले थापालाई ३ मिनेट समय दिए।

प्राप्त समयप्रति असन्तुष्टि जनाउँदै कांग्रेस सांसदहरूले ‘जम्मा तीन मिनेट’ भनेपछि सभामुखले सदन चलाउने तय कहाँबाट हुन्छ भनेर प्रश्न गरेका हुन्। ‘कति समय दिनुपर्छ, के गरी सदन चलाउनुपर्छ भन्ने कुरा यताबाट टुंगो हुने कि त्यहाँ माननीय सदस्यले भनेपछि टुंगो हुने हो ?’ सभामुख घिमिरेले कांग्रेस सांसदहरूलाई पहिलो प्रश्न गरे।

कांग्रेस सांसदहरूले कार्यव्यवस्था परामर्श समितिमा छलफल भएर विषय टुंगो लाग्ने जवाफ दिए। सभामुख घिमिरेले फेरि प्रश्न गरे, ‘यो संसदलाई चलाउने विधि माननीयले माग के के गर्नुहुन्छ, कति माग्नुहुन्छ त्यहाँबाट तय हुने हो कि यहाँबाट तय हुने हो ?’

कांग्रेस सांसदहरूसँग सामान्य सवाल जवाफपछि गगन थापा बोले। गगन थापा बोले लगत्तै कांग्रेस सांसदहरूले प्रतिनिधि सभामा नाराबाजी सुरु गरेका छन्। कांग्रेस सांसदहरूले ‘सहकारी पीडितलाई न्याय दे, संसदीय छानबिन समिति गठन गर, सहकारी ठगलाई कारबाही गर’ लगायतका नारा लगाएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 10, 2024| 16:44 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्