आइतबार, मंसिर २८, २०८२

प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीको विरोध

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सङ्घीय संसद् वर्षे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले सहकारी अनियमिताका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरेसम्म चल्न नदिने अडान राखेपछि बैठक सुरु हुन विलम्ब भएको हो। उक्त विवादको झलक बैठकमा व्यक्त भएको छ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले सदन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको व्यहोरा पढेर सुनाएका थिए। उनले आजका समस्या र समाधानका लागि जिम्मेवार भई जनताका मुद्धामा केन्द्रित भई प्रस्तुत हुनुपर्नेमा जोड दिए। उनले सदनमा उठेका मुद्धाको समयमा सुनुवाइका लागि सरकारले दायित्व निर्वाह गर्नुपर्ने बताए। 
    
सभामुख घिमिरेले उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङ र समानुपातिक तर्फका जनता समाजवादी पार्टीका सांसद हसिना खातुनलाई बैठकमा स्वागत गरे।

प्रकाशित: May 10, 2024| 16:22 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्