सोमबार, भदौ ८, २०८३

पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

तनहुँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी सङ्गठनलाई बलियो बनाउनुको विकल्प नरहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको आज यहाँ आयोजित दशौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उहाँले एमालेको सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। 

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रहेका अधिकारीले पार्टीभित्र गुट, उपगुट नरहेकाले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न आग्रह गरे। उनले भने, ‘पार्टी सुदृढ, बलियो बनाउँदै देशको ठूलो पार्टी बनाउनेतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुपर्छ। अहिलेको मुख्य कार्यभार त्यही हो।’

एमालेको नेतृत्वमा सुखी नेपाली, समृद्ध नेपाल अभियान साकार हुने बताउँदै मुख्यमन्त्री अधिकारीले सोही दिशातर्फ अग्रसर हुन सबैलाई आग्रह गरे। वर्तमान सरकार समृद्ध गण्डकी प्रदेश निर्माणमा सक्रिय रहेको बताउँदै उनले सरकारले जनमुखी काम गर्ने चर्चा गरे। 

प्रकाशित: May 10, 2024| 16:02 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्