आइतबार, जेठ २५, २०८२

संसद् बैठकको समय घर्कियो, सभामुख छलफलमा

 |  शुक्रबार, वैशाख २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

vianetvianet

काठमाडौं- प्रतिनिधि सभाको बैठक तोकिएको समयभन्दा आधा घण्टा नाघिसक्दा पनि सुरु भएको छैन। सभामुख देवराज घिमिरेले नेताहरूसँग छुट्टाछुट्टै संवाद गरिरहेका छन्।

बजेट अधिवेशनको पहिलो दिन नै प्रतिनिधि सभामा अवरोध हुन नदिन सभामुखले पहल जारी राखेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख घिमिरेले सत्तारुढ र प्रमुख प्रतिपक्षी दलहरूसँग छुट्टाछुट्टै संवाद गरिरहेका छन्।

प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको थियो। त्यस अगाडि साढे १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको थियो। तर दिउँसो साढे २ बजेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक नै बस्न सकेको छैन।

बिहान दलहरूको संसदीय दलको बैठक रहेको र दलका बैठक लम्बिएका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक समयमै सुरु हुन नसकेको संसद् सचिवालयका अधिकारीहरू बताउँछन्।

कांग्रेसले सहकारी ठगीका सम्बन्धमा संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने अडान लिएपछि बैठक बस्न नसकेको हो। सभामुख घिमिरेले पहिलो दिन दलीय आधारमा नेताहरूलाई बोल्न दिने र त्यसपछि दलहरूका आफ्ना कुरा राख्न सक्ने वातावरणका लागि कांग्रेससँग आग्रह गरेका छन्। यसका लागि विधेयक अगाडि बढाउने लगायतका कार्यसूची झिकेर जान सकिने सभामुख घिमिरेको प्रस्ताव छ।

National life insurance

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित कार्यसूची छ । सभामुख घिमिरिले बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनको जानकारी पनि गराउने छन् ।

दलीय आधारमा नेताहरूले बोलेपछि दुई वटा विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची छ । सम्भावित कार्यसूची कार्यव्यवस्था परामर्श समितिबाट अनुमोदन भएमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची छ ।

 

प्रकाशित: May 10, 2024| 14:36 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्