शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • हुन्डाईका गाडी नेपालमै एसेम्बल हुने, प्रधानमन्त्रीले गरे उद्घाटन

हुन्डाईका गाडी नेपालमै एसेम्बल हुने, प्रधानमन्त्रीले गरे उद्घाटन

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- हुन्डाई गाडीको एसेम्बल अब नेपालमै हुने भएको छ। हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनले शुक्रबारदेखि हुन्डाई मोटर एसेम्बल गर्न सुरू गरेको हो।

National life

त्यसका लागि लक्ष्मी मोटरले नवलपरासीमा प्लान्ट स्थापना गरेको छ। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्लान्ट उद्घाटन गरे। शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले भने, 'निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्। देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ।’

यो उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौं दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए।

नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 10, 2024| 14:11 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्