शनिबार, भदौ २८, २०८२

वीरगन्जका पूर्वमेयर सरावगीले एमाले छाडे

 |  शुक्रबार, वैशाख २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

vianetvianet

काठमाडौं- वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले नेकपा एमालेबाट राजीनामा दिएका छन्। महानगरका प्रथम मेयर सरावगीले एमाले प्रवेश गरेको तीन वर्षमै राजीनामा दिएका हुन्।

Kumaribank

पार्टीभित्र आफ्नो मूल्यांकन नभएको भन्दै सरावगीले एमाले अध्यक्ष केपी ओलीको नाममा पत्र लेख्दै राजीनामा दिएको घोषणा गरेका छन्। २०७८ सालदेखि नेकपा एमालेको सक्रिय राजनीतिमा लागेका सरावगीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।

उनले राजीनामापत्रमा लेखेका छन्, ‘बितेको ०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट महानगरपालिकाको मेयरमा उम्मेदवार बनाएकोमा पार्टी र पार्टीका अध्यक्षप्रति सधैं ऋणी रहनेछु, त्यसपछि पार्टीको केन्द्रीय सल्लाहकारमा मनोनीत भएँ। त्यसको लागि पनि आभारी छु। तर केन्द्रीय सल्लाहकारमा पार्टीले दिएको भूमिकाले राजनीतिमा सक्रिय भन्दा पनि निष्क्रिय बनाएको छ। पछिल्लो समय राजनीतिमा हराएको छु, मेरो मूल्यांकन सही ढंगले भएन। त्यस कारण अब पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको हुँ।’

सरावगी २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगन्ज महानगरपालिकामा प्रथम पटक मेयरमा निर्वाचित भएका थिए। त्यसपछि दोस्रो पटक भएको स्थानीय तहको चुनावमा उनी एमालेबाट मेयरका उम्मेदवार भएर जितेका थिए।

प्रकाशित: May 10, 2024| 13:36 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्