मंगलबार, वैशाख १, २०८३

रविपछि गगन बोल्ने, त्यसपछि संसद् अवरुद्ध

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिइसकेपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको छ। आज बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो।

National life

कांग्रेसको तयारीअनुसा दलीय प्रतिनिधित्वको आधारमा सभामुखले बोल्न दिएपछि नेपाली कांग्रेसको तर्फबाट रामहरि खतिवडाले बोल्नेछन्। उनले सहकारी छानबिन समितिको माग गर्ने र गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने धारणा राख्नेछन्।

त्यसपछि सभामुखले रास्वपा सभापतिसमेत रहेका उपप्रधानमन्त्री एव‌ं गृहमन्त्री रवि लामिछानेले बैठकमा धारणा राख्न समय दिनेछन्।

रविको भनाइमा असहमति जनाउँदै कांग्रेस सांसदहरूले ढ्याप–ढ्याप गर्दै उठेर बोल्ने समय माग्नेछन्। सभामुखले बोल्न दिएपछि महामन्त्री गगन थापाले कांग्रेसको धारणा राख्नेछन्। त्यसपछि बैठक अवरुद्ध गर्ने कांग्रेसको रणनीति छ।

कांग्रेसको आजको बैठकले संसदीय छानबिन समितिलाई बटमलाइन बनाउने निर्णय पनि गरेको छ। कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति बनाउन सरकार सकारात्मक नभए सदनको बैठक प्रभावित हुने बताए।

kumari

 

प्रकाशित: May 10, 2024| 13:04 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्