सोमबार, जेठ ७, २०८१

दोस्रो चरणको ईपीएस सीप परीक्षणको नतिजा सार्वजनिक

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत उत्पादनमूलकतर्फको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ। गत वैशाख ९ देखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षणको नतिजा शुक्रबार सार्वजनिक गरिएको हो।

दोस्रो चरणको सीप परीक्षाका लागि छनोट भएका ६ हजार ३२१ मध्येमा ५ हजार ७५३ जना पास भएको ईपीएस कोरिया शाखाले जनाएको छ। दोस्रो चरणका लागि छनोट भएका ६ हजार ३२१ मध्ये ४९८ जना फेल भएका छन् । ७० जना परीक्षामै उपस्थित भएका थिएनन् ।

गत फागुन ७ देखि चैत २४ गतेसम्म लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए । जसमध्ये ६ हजार ३२१ जना उत्तीर्ण भएर स्किल टेस्टका लागि छनोट भएका थिए । ती परीक्षार्थीको दोस्रो चरणको सीप परीक्षण नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा सञ्चालन गरिएको थियो ।

प्रकाशित: May 10, 2024| 11:58 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्