काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ थियो।
यसैगरी तेजाबी सुन तोलाको १ लाख ३७ हजार २५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १ लाख ३४ हजार ९५० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ६८५ रुपैयाँ रहेको चाँदी १ हजार ७३५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढ्दा नेपालमा पनि असर परेको हो।