मंगलबार, वैशाख १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसद् अवरुद्ध गर्ने कांग्रेसको निर्णय, लामिछानेलाई दलको नेताको रुपमा बोल्न दिने

संसद् अवरुद्ध गर्ने कांग्रेसको निर्णय, लामिछानेलाई दलको नेताको रुपमा बोल्न दिने

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणबारे छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म सदन अवरुद्ध गर्ने निर्णय गरेको छ। 

National life

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सदनको कामकारबाही अघि बढ्न नदिने निर्णय गरेको हो।

बैठकले रवि लामिछानेलाई गृहमन्त्रीको रूपमा नभई एक दलको नेताको रूपमा संसद्‍मा बोल्न दिने पनि निर्णय गरेको छ।

यसअघि सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको नाम मुछिएपछि उनलाई संसद्‍मा बोल्न कांग्रेसले अवरोध गरेको थियो।

आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ। आजको बैठकमा दलका शीर्ष नेताले बोल्नेलगायत कार्यसूची छन्।

kumari

प्रकाशित: May 10, 2024| 10:37 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्