शुक्रबार, पुस ११, २०८२

मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

जनकपुरधाम- मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु भएको छ। 

National life

चालु अर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।
 
साथै आगलागीमा परेर १५ जना बालबालिकासहित एक सय ३९ जना घाइते भएका छन्। सो आगलागीबाट सबैभन्दा बढी धनुषामा छजना, सिरहामा पाँचजना, रौतहटमा तीन जना, बारामा दुईजना, पर्सा ,महोत्तरी तथा सर्लाहीमा एक÷एक जनाको मृत्य भएको हो। 

त्यसैगरी आगलागीबाट दुई सय ९६ वटा पशुचौपाया जलेर मरेको छ भने एक सय १४वटा पशुचौपाया घाइते भएको सो कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक  सुवाचन्द्र बोहोराले जानकारी दिए। 

कार्यालयका अनुसार आगलागीबाट मधेश प्रदेशको आठवटा जिल्लामा एक हजार १० घरगोठ जलेर नष्ट भएको तथा  एक हजार दुई सय ६६ वटा आगलागीका घटना भएको हो।
  
आगलागीबाट जलेका एक हजार १० घरगोठअन्तर्गत कच्ची घर छ सय ६९, पक्की घर ८८ तथा गोठ दुई सय ५३ रहेका छन्। प्राप्त विवरणमा सबैभन्दा बढी आगलागीको घटना सिरहामा दुई सय २९ वटा भएको तथा सबैभन्दा कम सर्लाहीमा एक सय ११ वटा भएको हो। 

महोत्तरीमा एक सय ९२ वटा, बारामा एक सय २९, रौतहटमा ८८ वटा, पर्सामा ७५ वटा र धनुषामा २५, सप्तरीमा एक सय ९४ घरगोठ जलेर नष्ट भएको बताइएको छ। 

Laxmi sunrise bank
kumari

प्रदेश प्रहरी कार्यालय अनुसार आगलागीमा रु ९९ करोड ६० लाख ३७ हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको विवरणमा उल्लेख गरिएको छ।
प्रवक्ता बोहोराका अनुसार चर्कोघाम, गर्मी, तातो हावा, पानीको अभाव, घनाबस्ती तथा चेतनाको कमी र लापरबाहीको कारणले आगालागीका घटनाभएको उल्लेख गर्दै आगलागीबाट सुरक्षित तथा सर्तक रहन सबैलाई आग्रह गरेको छ।

आगलागी पीडितलाई राहतको सहयोग सरकारी तथा गैरसरकारी पक्षबाट भइरहेको बताइएको छ।

प्रकाशित: May 09, 2024| 21:31 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्