शुक्रबार, पुस ११, २०८२

राष्ट्रपतिको युरोप भ्रमण रद्द गर्दा ५५ लाख स्वाहा

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण रद्द गर्दा राज्यकोषबाट ५५ लाख रुपैयाँ व्यर्थैमा खर्च भएको छ। राष्ट्रपतिलगायत भ्रमण टोलीका अन्यको हवाई टिकट रद्द गर्दा यो खर्च भएको हो।

राष्ट्रपति पौडेलको फ्रान्स, इटाली र जर्मनी भ्रमणका लागि टिकट काटिसकिएको थियो। पौडेल २२ कात्तिक २०८० देखि १० दिनका लागि युरोप भ्रमणमा जाने कार्यक्रम थियो।

तर, १७ कात्तिक राति जाजरकोटमा भूकम्प आएपछि भ्रमण रद्द गरिएको थियो। भूकम्पमा परी १५३ जनाको मृत्यु भएपछि मुलुकमा असहज परिस्थति आएको भन्दै राष्ट्रपतिले भ्रमण रद्द गरेका थिए। 

प्रकाशित: May 09, 2024| 18:53 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्