शुक्रबार, पुस ११, २०८२

सरकारको नीति तथा कार्यक्रम १ जेठमा राष्ट्रपतिले बाचन गर्ने 

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं- सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने भएको छ।

National life

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आउँदो जेठ १ गते दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिने जानकारी दिइन्।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन्।

हरेक वर्ष जेठ १५ गते सरकारले आउँदो आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। बजेटअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरिन्छ। त्यसमाथि संसद् बैठकमा छलफल गरिन्छ। छलफलपछि संसद्बाट नीति तथा कार्यक्रम पारित गर्ने व्यवस्था छ।

प्रकाशित: May 09, 2024| 18:41 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्