मंगलबार, वैशाख १, २०८३

अनामनगरको कवाडी गोदाममा महानगरको डोजर

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

National life
kumari

काठमाडौं‌ महानगरपालिकाले महानगरभित्र रहेका कवाडी गोदाम हटाउने कार्यलाई तीव्रता दिएको छ। वस्तीका बिचमा रहेका कवाडी गोदामका कारण जोखिम उत्पन्न भएको भन्दै महानगरले महानगरभित्र रहेका कवाडी गोदाम हटाउने कार्यलाई तीव्रता दिएको हो।

यसैक्रममा महानगरले बिहीबार वडा-२९ अनामनगरमा रहेको कवाडी स्थानीय जनप्रतिनिधि र महानगर प्रहरी बल लगाएर हटाएको छ। महानगर प्रहरीले डोजर प्रयोग गरेर कवाडी गोदाम भत्काएको हो। 

गोदाम खाली गर्न पटक-पटक सूचना दिँदा पनि अटेर गरेकाले डोजर प्रयोग गरेर हटाउनुपरेको महानगर प्रहरीले जनाएको छ। यता कवाडी व्यवसायीले भने तीन दिन अघिमात्रै सूचना आएको र गोदाम हटाउने तयारी गर्दा एक्कासी आएर डोजर लगाएको गुनासो गरेका छन्। 
 

प्रकाशित: May 09, 2024| 18:35 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्