सोमबार, भदौ ८, २०८३

आलिया पनि डिपफेक भिडियोको सिकार

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं- आलिया भट्टको नयाँ डिपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यस भिडियोमा एआई प्रयोग गरेर अभिनेत्री वामिका गब्बीको भिडियोमा आलियाको अनुहार फिट गरिएको छ।

वामिकाले यो भिडियो केही दिन अघि आफ्नो इन्स्टाग्राम ह्यान्डलमा सेयर गरेकी थिइन्। यो भिडियोमा उनी रातो साडी लगाएकी देखिएकी छिन्। वास्तवमा यो लुकमा उनी सञ्जय लीला भन्सालीको फिल्म ‘हिरामाण्डी’ को स्क्रिनिङमा पुगेकी थिइन्।

कसैले यो भिडियोसँग छेडछाड गरेर यसमा आलियाको अनुहार लगाएर भाइरल बनाएको छ। आलियाको नक्कली भिडियो बाहिर आएसँगै एआई प्रविधिको फेरि आलोचना भइरहेको छ। 

यसअघि पनि आलिया भट्टको एउटा डिपफेक भिडियो सार्वजनिक भएको थियो। उक्त डिपफेक भिडियोमा सेतो र नीलो फ्लोरल ड्रेस लगाएकी उनले बोल्ड पोज दिएको देखिएकी थिइन्।

भिडियोमा एआई टुलको सहयोगमा आलियाको अनुहार यति स्पष्ट प्रयोग गरिएको थियो कि एक नजरमा ती केटीलाई सबैले आलिया भट्ट नै ठाने। 

तर, उनको हाउभाउबाट यो भिडियो नक्कली हो भन्ने अनुमान गरिएको थियो। यसअघि बलिउड अभिनेत्रीद्वय काजोल र रश्मिका मन्दाना पनि डिपफेकको शिकार बनेका थिए।

प्रकाशित: May 09, 2024| 18:33 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्