सोमबार, जेठ ७, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • बालमन्दिर जग्गा प्रकरणमा पूर्वपदाधिकारीसहित विशाल ग्रुपका सदस्यविरुद्ध पक्राउ पुर्जी

बालमन्दिर जग्गा प्रकरणमा पूर्वपदाधिकारीसहित विशाल ग्रुपका सदस्यविरुद्ध पक्राउ पुर्जी

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं- काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका पूर्वपदाधिकारी र विशाल ग्रुपका सदस्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

triton college

संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

उनले भने, ‘बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा अदालतबाट हामीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको छ, पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गर्छौं।’ अदालतले २० जनाविरुद्ध पक्राउ अनुमति दिएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले जनाएको छ। विशाल ग्रुपले बालमन्दिरको जग्गाा भाडामा लिएर चलाएको थियो।

सिआइबीमा बिहीबार बाल संगठनको जग्गा विवादमा संलग्न व्यक्तिहरुविरुद्ध जाहेरी परेको प्रवक्ता बोगटीले बताए। नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ सालदेखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको तथा आगामी २०८९ सालमा सकिने सम्झौता पनि बदनियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप लागेको छ।

नक्सालमा रहेको करिब २८ रोपनी पाँच आना एक पैसा जग्गा वार्षिक एक करोड नौ लाख तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको बताइएको छ। आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)मा जाहेरी दिएको थियो।

corrent noodles
Metro Mart

प्रकाशित: May 09, 2024| 17:07 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्