आइतबार, जेठ २५, २०८२

तनहुँ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

 |  बिहीबार, वैशाख २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

vianetvianet
National life insurance

तनहुँ- जिल्ला कारागार तनहुँमा तीन सय २३ कैदीबन्दी छन्। दैनिक रूपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ।

कारागारका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार हाल एक सय ६८ कैदी र एक सय ५५ थुनुवा गरी तीन सय २३ जना कारागारमा छन्। कारागारमा महिलातर्फ २० र पुरुषतर्फ एक सय १४ जनाको क्षमता रहे पनि क्षमताभन्दा बढी कैदीबन्दी व्यवस्थापन गर्नुपरेको छ।

कारागारमा कर्तव्य ज्यानका ४८, ज्यान मार्ने उद्योगका दश, सवारी ज्यानका २३, चोरीका ३२, बहुविवाहका पाँच, लागुऔषधका ६९, डाकाचोरीका १३, ठगीका तीन, मानव बेचबिखनका चार, जबर्जस्ती करणीका ९०, जबर्जस्ती करणी उद्योगका सात, अपहरणका तीन, भ्रष्टाचारका एक, हातहतियार खरखजानाका चार र अन्य नखुलेका ११ कैदीबन्दी छन्।

प्रकाशित: May 09, 2024| 19:31 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्