सोमबार, जेठ ७, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • जलेश्वरका प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जलेश्वरका प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार,उपप्रमुख रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

triton college

उनीहरूविरुद्ध मुद्दा दायर गर्दै प्रतिव्यक्ति ५ लाख ८४ हजार ६३७ रुपैयाँ बिगो माग गरिएको छ। अख्तियारले जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको आरोपमा प्रमुख साह,उपप्रमुख खातुन,प्रशासकीय अधिकृत  झा, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा,अन्य कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरूविरुद्ध आव विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

यसैगरी अधिकृत छैठौं धिरेन्द्र झा,नगरपालिकाका इन्जिनियर पवन कुमार झा,राजेश कुमार चौधरी र सब इन्जिनियर दिपेश कुमार साह,कार्यपालिका सदस्य सोगरा खातुन,उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह,सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीविरुद्ध मुद्दा दायर भएको हो।

उनीहरूले जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी मूल्यांकन गराइ झुट्टा बिल तयारी गरी ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी लिएको पुष्टि हुन आएको अख्तियारको दावी छ।

प्रकाशित: May 09, 2024| 13:54 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्