मंगलबार, वैशाख १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता सञ्चालन

ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता सञ्चालन

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १ सय ६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

National life

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो।

बैंकले ७ वटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा २० हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो।

बैंकले कोशी प्रदेशमा २ हजार ५ सय, मधेश प्रदेशमा २ हजार, बागमती प्रदेशमा ५ हजार, गण्डकी प्रदेशमा ४ हजार ५ सय, लुम्बिनी प्रदेशमा ३ हजार ५ सय, कर्णाली प्रदेशमा ५ सय र सूदुरपश्चिम प्रदेशमा २ हजार ५ सय बढी लक्षित वर्गको सहभागिता थियो।

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०-८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना ३ सय ५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रमहरुसञ्चालन गर्न गइरहेको छ।

kumari

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ। ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय बढी सेवा केन्द्र छन।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

प्रकाशित: May 09, 2024| 12:28 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्