शुक्रबार, पुस ११, २०८२

एक सातादेखि बेपत्ता चितवनकी स्नेहा पशुपति परिसरमा भेटिइन्

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

काठमाडौं- कलंकीबाट एक सातादेखि हराइरहेकी स्नेहा लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा भेटिएकी छन्। चितवनकी २२ वर्षीया लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएकी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

National life

चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी लामिछाने सात दिनदेखि बेपत्ता थिइन्।

काठमाडौंको कलंकीस्थित मामाघरमा बसेर कम्प्युटर इञ्जिनियरिङ प्रथम सेमेस्टरमा अध्ययनरत उनी वैशाख १९ गतेदेखि बेपत्ता भएकी थिइन्। उनको मोबाइल त्यही दिनदेखि बन्द थियो।

स्नेहा हराएपछि उनका परिवारका सदस्य र आफन्तजनहरु खोजीमा लागिरहेका थिए।

प्रकाशित: May 08, 2024| 19:55 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्