शुक्रबार, पुस ११, २०८२

बजेट अभावका कारण हुलाकी सडक निर्माण सुस्त गतिमा

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

कञ्चनपुर- कञ्चनपुर र कैलालीमा निर्माणाधीन हुलाकी सडकमा बजेट अभाव भएपछि सुस्त गतिमा काम भइरहेको छ। गत फागुनदेखि बजेट अभाव हुँदा निर्माणको गति साँघुरिएको हो।

National life

कैलालीमा छ र कञ्चनपुरमा दुई चरणमा गरी यहाँ आठ चरणमा उक्त सडक निर्माणाधीन रहे पनि निर्माण कम्पनीले काम गरिसक्दा पनि बजेट पाएको छैन। कञ्चनपुरको डोकेबजारदेखि बेलौरी हुँदै बेल्डाँडी–दैजीसम्मको साढे ६२ किलोमिटर हुलाकी सडकमा दोस्रो र अन्तिम प्याकेजको काम निर्माणाधीन अवस्थामा छ।

कैलालीमा लम्की–टीकापुरबाट खङ्ग्रौला नाकासम्मको २९ किलोमिटर सडकमध्ये लम्कीबाट पहिलो आठ किलोमिटर सडक गत वर्ष सकिएको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका सूचना अधिकारी एवं इन्जिनियर वर्ख कडायतले जानकारी दिए। बाँकी दुई चरणमा काम भइरहेको भन्दै बजेट अभावले गति सुस्त भएको उनको भनाइ छ।

इन्जिनियर कडायतका अनुसार धनगढीको क्याम्पस रोडबाट सत्तीसम्मको ६९ किमी खण्ड चार चरणमा निर्माण भइरहेको छ। उक्त खण्डमा पर्ने कटनी खोलाबाट भजनीको कान्द्रा नदीसम्मको १८ किमी डेढ वर्षअघि नै निर्माण भइसकेको उनले जानकारी दिए। ‘फागुन यता आयोजनामा बजेट नै छैन्’, इन्जिनियर कडायतले भने, ‘चालु आर्थिक वर्षमा आएको ३९ करोड रकम सकिएको छ।’ उनका अनुसार बजेट अभावमा पनि निर्माण कम्पनीले काम गरेको २० करोडभन्दा बढी रकम तिर्न बाँकी छ। ‘थप बजेट माग गरेको फाइल अर्थ मन्त्रालयमा पेस भइसकेको छ’, इन्जिनियर कडायतले भने, ‘हालसम्म बजेट भने आइपुगेको छैन्।’ गत वर्ष आयोजनामा रु ६५ करोड बजेट आए पनि चालु आवमा घटेर आएको उनको भनाइ छ।

तीस महिनाभित्र निर्माण सक्नुपर्ने गरी विसं २०७३ फागुनमा कञ्चनपुरबाट निर्माण सुरु भएको ६२.५ किलोमिटर हुलाकी सडकअन्तर्गत दोस्रो चरण (बेलौरी–बेल्डाडी) खण्डमा ८० प्रतिशत र अन्तिम चरण (बेल्डाडी–दैजी) खण्डमा ७५ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ।

Laxmi sunrise bank
kumari

अन्तिम चरणअन्तर्गतको कामका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा निकुञ्ज कार्यालयबाट अनुमति लिनुपर्ने भएकाले सोही प्रक्रियाका कारण निर्माण रोकिएको इन्जिनियर कडायतले जानकारी दिए। 

प्रकाशित: May 08, 2024| 20:01 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्