सोमबार, जेठ ७, २०८१

रारा पुग्ने छोटो दुरीको सडक स्तरोन्नति थालियो

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

triton college
corrent noodles
Metro Mart

मुगु- रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको छ। सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको तली तुम गाउँदेखि वडा नं ३ लामाचौरसम्मको सडक विस्तारको काम थालिएको हो।
 
जिल्ला सदरमुकाम गमगढीबाट रारा पुग्न पैदल दुई घण्टा र गाडीमा रारा विमानस्थल हुँदै जाँदा ३० मिनेट लाग्छ। गमगढी लामाचौर दुरी छोटो हुने भएकाले सडक विस्तारको काम सुरु गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर वीरबहादुर जिटीले बताए।
 
उनले भने, 'रारा तालको पर्यटन विकासमा टेवा पुर्‍याउन यो सडक विस्तार र स्तरोन्नतिको काम अघि बढाइएको हो।'
 
विनम्र निर्माण सेवा सुर्खेतले ५५ लाख चार हजार सातसय ७५ रूपैयाँमा सडक विस्तारको ठेक्का लिएको छ। २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ। पर्यटकीय मार्गको विस्तारको काम धमाधम भइरहेको छ।
 
तीन किलोमिटर लम्बाइ रहेको उक्त पर्यटकीय सडकमा १.५ किलोमिटर दुरी चार मिटर चौडाइको ग्राभेल र चार सय ५० घनमिटर ग्याबिन जाली र २.५ किलोमिटर सडक चौडा पारिने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।
 
रारा पर्यटकीय मार्गको विस्तारको काम सम्पन्न भएमा गमगढीवासीका साथै कर्णाली करिडोर र कर्णाली राजमार्ग हुँदै मुगु जिल्ला सदरमुकाम गमगढी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राराताल पुग्न १० मिनेट मात्र लाग्ने छ।   -रासस

प्रकाशित: May 08, 2024| 18:01 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्