शुक्रबार, पुस ११, २०८२

जसले रक्सी खाएर आफ्नै घरमा आगो लगाए

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

रौतहटमा अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

National life

स्थानीय राजदेवी नगरपालिका-९ ब्रहम्पुरी टोलका ४५ वर्षीय नितेश सिंहलाई पक्राउ गरिएको हो।

मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा र फुसको छानो भएको घरमा आगो लगाएकोमा स्थानीय र प्रहरी टोलीले तत्कालै आगो निभाएको थियो। 

आगो तत्काल नियन्त्रणमा नआएको भए वरपरका अन्य घर समेत जलेर ठुलो जनधनको क्षति हुन सक्ने सम्भावना देखा परेको हुँदा आगो लगाउने नितेश सिंहलाई पक्राउ गरी 'आपराधिक उपद्रो' शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: May 08, 2024| 11:31 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्