सोमबार, जेठ ७, २०८१

सामुदायिक वनभित्र शव फेला

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

triton college
corrent noodles
Metro Mart

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनभित्र आज अन्दाजी ३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार नग्न अवस्थामा शव फेला परेको हो । “शवको पहिचान हुन सकेको छैन”, उनले भने, “शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाएका छौँ ।”

शव १५/२० दिन अघिको हुनसक्ने अनुान गरिएको छ । नगरपालिका–७ का वडा अध्यक्ष प्रतापसिंह धामीले शव पहिचानका लागि आवश्यक कुनै सबुत प्रमाण घटनास्थलमा नभेटिएको बताए । प्रहरीले उक्त बेवारिसे शवबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित: May 08, 2024| 07:39 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्