सोमबार, भदौ ८, २०८३

आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाले ज्यान गुमाए

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

काठमाडौं- आगलागी, डढेलो र चट्याङबाट वैशाखको २४ दिनमा २७ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको मृत्यु भएको हो। 

आगलागीबाट १८, डढेलोले ६ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमा भने ९० जना घाइते भएका छन्। 

यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ। यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलब्ध थियो।

प्रकाशित: May 08, 2024| 07:32 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्