बुधबार, असार ३, २०८३

वनमा डढेलो सल्काउने दुई जना पक्राउ

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१
National life
Shivam cement

वनमा आगो लगाएको अभियोगमा ओखलढुंगामा दुईजना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ बर्षीय सुजन विकलाई पक्राउ गरिएको हो। ओखलढुंगा जिल्ला अदालतले अभियुक्तहरूलाई  हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ। 

जिल्लाका वनमा आगलागीका घटना बढेसँगै प्रहरीले आगो लगाउनेको खोजी अभियान थालेको छ। गत सोमबार सिद्धिचरण नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो।

प्रकाशित: May 08, 2024| 07:26 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्