शुक्रबार, पुस ११, २०८२

आज र भोलि कहाँ-कहाँ हुँदैछ वर्षा ?

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

काठमाडौं- अहिले नेपालको मौसममा पश्चिमी वायु, स्थानीय वायुका अतिरिक्त भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको असर देखिएको छ।

National life

यसका कारण पछिल्लो २४ घन्टामा देशका अधिकांश भागमा हल्कादेखि भारी वर्षा भयो। अहिले बिहान पनि पश्चिमदेखि पूर्वसम्मका धेरै भागमा वर्षा भइरहेको छ।

पछिल्लो १ घन्टामा डोटीमा ४.४ मिलिमिटर वर्षा भएको छ। गोरखाको सेतीबास केन्द्रमा ४.६, गोरखामा ३.६, लम्जुङको खुदीमा १.६, सिराहामा ०.६ मिलिमिटर वर्षा भएको छ।

बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भू—भागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

Laxmi sunrise bank
kumari

बिहीबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस र   बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा साथै बाँकी  प्रदेशका  एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

पछिल्लो २४ घन्टामा बाराको कलैयामा भारी वर्षा भएको छ। कलैयामा ७०.६ मिलिमिटर वर्षा भयो।

त्यस्तै, सिन्धुलीको नेपालथोकमा ५०.८, सिन्धुलीकै हरिहरपुरमा ४९.२,  मकवानपुरको रजैयामा ४५.२, डोटीको दिपायलमा ४२.६ मिलमिटर वर्षा भयो।

वर्षाले डढेलोबाट छुटकारा मिलेको छ। अहिले बिहान ६ बजेसम्मको तथ्यांकअनुसार वर्षात्ले पूर्व र मध्यभेगको डढेलो निभाएको छ। 

प्रकाशित: May 08, 2024| 07:17 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्