बिहीबार, कात्तिक २७, २०८२

'हीरामन्डी' को हल्लाखल्ला

 |  मंगलबार, वैशाख २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं- सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको वेब सिरिज ‘हीरामन्डी: द डायमण्ड बजार’ नेटफ्लिक्समा रिलिज भइसकेको छ। 

यसमा मल्लिका जानको भूमिका खेलेर अभिनेत्री मनीषा कोइरालाले निकै चर्चा बटुलिरहेकी छिन्। सबैले उनको अभिनयको खुबै तारिफ गरिरहेका छन्। 

भर्खरै एक अन्तरवार्तामा मनीषाले आफूलाई भन्दा अगाडि यो भूमिका अरु कसैलाई प्रस्ताव गरिएको तर केही कारणले उनले यो भूमिका नगरेपछि आफ्नो पोल्टामा आएको बताएकी थिइन्।

मनिषालाई मल्लिका जानको भूमिका तपाईंभन्दा अगाडि बलिउडकी चर्चित अभिनेत्री रेखालाई अफर भएको थियो हो भनेर सोध्दा मनीषाले हो भनेकी छन्। १८–२० वर्षअघि यो भूमिका आफूलाई अफर भएको रेखा स्वय‌ंले फोन गरेर मनिषालाई बताएकी थिइन्। 

‘वेब सिरिज हेरेपछि उनले मलाई फोन गरेकी थिइन्। यदि मैले यो भूमिका गरिनँ भने तिमीले गरे पनि हुने भनेर मैले प्रार्थना गरिरहेको थिएँ। मेरो प्रार्थना पूरा भयो। तिमीले गज्जबको काम गरेकी छौ। तिमीले चरित्रलाई जीवन्त बनाइदियौ।’ रेखाले फोनमा आफूलाई भनेको मनीषाले बताइन्।

Laxmi sunrise bank
kumari

रेखाजस्तो अभिनेत्रीको आशीर्वाद पाउनु आफ्नो लागि ठुलो कुरा भएको मनीषाले बताइन्। रेखाबाट प्रशंसा पाएपछि आफ्नो आँखा रसाएको मनीषाले सुनाइन्। ‘तपाईँले मलाई रुवाउँदै हुनुहुन्छ भनेर मैले उनलाई भनेको थिएँ। म रेखाको ठूलो फ्यान हुँ र उनलाई धेरै माया गर्छु,’ मनीषाले भनेकी थिइन्। रेखाको आवाज, उनको भाव भङ्गिमा, उनको नृत्य, सबै कुरा अचम्मको भएको पनि उनले बताइन्।

‘हीरामन्डी: द डायमण्ड बजार’मा मनीषा कोइरालाका साथै सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख, शर्मिन सहगल, फरिदा जलाल, शेखर सुमन, अध्ययन सुमन जस्ता कलाकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। 

यो वेब सिरिजबाट अभिनेता फरदीन खानले १४ वर्षको अन्तरालपछि अभिनयको दुनियाँमा पुनरागमन गरेका छन्। यो वेब सिरिज नेटफ्लिक्समा मे १ मा रिलिज भएको हो।

प्रकाशित: May 07, 2024| 17:22 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्