आइतबार, जेठ ६, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • ललितपुरमा जलेर घाइते दुई बालिकाको मृत्यु, बुबाआमाको अवस्था गम्भीर

ललितपुरमा जलेर घाइते दुई बालिकाको मृत्यु, बुबाआमाको अवस्था गम्भीर

 |  सोमबार, वैशाख २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २४, २०८१

काठमाडौं- ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको छ।

triton college

आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको मृत्यु भएको हो। आइतबार ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका ५ सदस्य गम्भीर घाइते भएका थिए। उनीहरुमध्ये दुई छोरीको सोमबार मृत्यु भएको हो।

घरमुली ३५ वर्षका सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षकी रुपा गिरीको किस्ट अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। सञ्जयलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले सोमबार जारी गरेको विज्ञप्ति अनुसार सञ्जय र रुपाको अवस्था जटिल रहेको छ। आगलागीमा उनीहरुसँगै जलेर घाइते भएका भतिज १५ वर्षका नित गिरीको अवस्था भने सामान्य छ। उनलाई जनरल वार्डमा सारेर उपचार गरिएको अस्पतालले जनाएको छ।
 

प्रकाशित: May 06, 2024| 20:26 सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्