शनिबार, जेठ २४, २०८२

जनकपुरमा पेस्तोल देखाएर सहकारीको ८० लाख लुटियो

 |  सोमबार, वैशाख २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २४, २०८१

vianetvianet

काठमाडौं- हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन्।

शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका-१९ बाट आफ्नो साथमा भएको रकम लुटेको महतोले बताएका छन्।

महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए। घटनाका विषयमा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित: May 06, 2024| 13:37 सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बाढीको डरले घर छाड्दै

बाढीको डरले घर छाड्दै

तीन तिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।