सोमबार, भदौ ८, २०८३

पोखरामा वर्षा, काठमाडौंमा गड्याङगुडुङ

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

पोखरामा आइतबार साँझ मेघ गर्जनसहित पानी परेको छ। दुई साताभन्दा बढी समयदेखि तुँवालोले ढाकिएको पोखरामा वर्षाले राहत दिएको छ।

डढेलोको धुवाँ र धूलोले उच्च वायु प्रदूषण खेपेको पोखरामा वर्षा भएपछि स्थानीयले राहत महसुस गरेका छन्। वायु प्रदूषणले भिजिबिलीटी कम हुँदा पोखरा विमानस्थलबाट हुने उडानसमेत प्रभावित हुँदै आएको थियो। 

यता काठमाडौंमा पनि अपराह्नदेखि आकाश धुम्म रहेकोमा साँझदेखि गड्याङगुडुङ गर्न थालेको छ। कतिपय स्थानमा हल्का वर्षा समेत सुरु भएको छ। वर्षा नभएर प्रदूषण बढ्दा राजधानीको जनजीवन प्रभावित बनेको छ। 
 

प्रकाशित: May 05, 2024| 19:00 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्