शुक्रबार, पुस ११, २०८२

कीर्तिपुर बस दुर्घटनामा त्रिविका प्राडा रिजालको मृत्यु

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

काठमाडौं- कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ।

National life

रत्नपार्क-कीर्तिपुर रुटमा चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर प्राडा गोविन्द रिजालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्राडा रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थानमा अध्यापन गर्थे।

दुर्घटनामा परेर २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा घाइते भएका छन्। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रकाशित: May 05, 2024| 18:15 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्