आइतबार, जेठ ६, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • बजेट अभावले धनगढी-खुटिया-दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

बजेट अभावले धनगढी-खुटिया-दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

 |  सोमबार, वैशाख २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २४, २०८१

कैलाली- धनगढी-खुटिया-दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ। 

triton college

धनगढी-खुटिया-दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकखण्डका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको छ।

चालु आर्थिक वर्षमा प्रतिपुल ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। जब कि चप्टे नदीमा पुल निर्माण गर्न २ करोड ९७ लाख, मटेलीमा ३ करोड २६ लाख र चौकीगडा पुलका लागि ४ करोड ७० लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको छ।  

यसैगरी कालाखोल- लामगाडा पुल ४ करोड ५ लाख, नकुराडी खोलाको पुल ३ करोड ८२ लाख, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमशः ५ करोड १९ लाख र ४ करोड ५० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको छ।

प्रकाशित: May 06, 2024| 08:31 सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्