शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्ज नाकाबाट ९ महिनामा ७० करोडको जडिबुटी निकासी

नेपालगञ्ज नाकाबाट ९ महिनामा ७० करोडको जडिबुटी निकासी

 |  सोमबार, वैशाख २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २४, २०८१

बाँके- जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट ९ महिनामा ७० करोड रुपैयाँभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ। 

National life

विभिन्न समस्या र अवरोधका बावजुद चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा ७० करोड रुपैयाँको जडिबुटी निकासी भएको नेपाल जडिबुटी व्यवसायी संघले जनाएको छ।

जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माका अनुसार निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको कठिनाइका कारण व्यवसायीले ९ महिनामा ७० करोड रुपैयाँको जडिबुटी निकासी गर्न सफल भएका छन्। 

नेपाली जडिबुटीप्रति भारतको झन्झटिलो प्रक्रिया र नेपाल सरकारको अस्पष्ट नीतिका कारण जडिबुटी निकासी हरेक वर्ष घट्दै गए पनि यो वर्षदेखि पुनः उकालो लाग्ने संकेत देखिन थालेको अध्यक्ष शर्माले बताए। 

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८०/८१ को चैत मसान्तसम्म नेपालगन्ज नाकाबाट ७० करोड ६२ लाख ३५ हजार मूल्य बराबरको २८ लाख पाँच हजार आठ सय ३९ किलोग्राम विभिन्न जडिबुटी निकासी भएको हो। गत आव २०७९/८० को चैत मसान्तसम्म यो नाकाबाट ७० करोड ९६ लाख १० हजार मूल्यको जडिबुटी निकासी भएको थियो।  

Laxmi sunrise bank
kumari

कर्णाली प्रदेशलगायतका पहाडी जिल्लामा उत्पादन भएका जडिबुटीको भण्डारण र विदेश निर्यातका लागि नेपालगञ्ज प्रमुख ट्रान्जिट हो। नेपालगञ्ज हुँदै भारतलगायत विभिन्न देशमा जडिबुटी निकासी हुँदै आएको छ।

यो नाकाबाट टिम्मुर, रिठा र काउलो सबैभन्दा बढी निकासी भइरहेको छ। औषधि, साबुन, स्याम्पु जस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडिबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेस्रो मुलुकमा पनि निर्यात भइरहेको नेपाल जडिबुटी व्यवसायी संघले जनाएको छ। 

कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठा त्यहाँबाट खरिद गरी व्यवसायीले विदेश निकासी गर्दै आएका छन्। तर निकासीका क्रममा जडिबुटी व्यवसायीले विगत केही वर्षदेखि विभिन्न झन्झट बेहोर्नुपरेकाले समस्या हुँदै आएको जडिबुटी व्यवसायी संघका अध्यक्ष शर्माले बताए। रासस

प्रकाशित: May 06, 2024| 08:01 सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्