शुक्रबार, पुस ११, २०८२

स्याङ्जामा डढेलोले दुई हजार हेक्टर वन क्षेत्रमा क्षति

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

स्याङ्जा- डढेलोले स्याङ्जामा झण्डै दुई हजार हेक्टर वन क्षेत्रमा क्षति भएको छ। जिल्लाका विभिन्न ११ स्थानीय तहमा रहेका एक सय १३ वनमा आगलागी हुँदा एक हजार आठ सय ६१ हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी अमरबहादुर पराजुलीले जानकारी दिए।

National life

फागुन महिनाको पहिलो साताबाट सामुदायिक वन र राष्ट्रिय वनमा आगलागी हुँदासल्ला, चिलाउने, कटुस, साल, सिसौँलगायत बोटबिरुवा जलेर नष्ट भएका पराजुलीले बताए।

वन विनाशको मुख्य कारण मानिएको डढेलोले वर्सेनी यहाँ लाखौँ मूल्य बराबरको क्षति तथा काठ दाउराजस्ता वनजन्य स्रोत जलेर नष्ट हुने गरेका उनको भनाइ छ।

'बहुमुल्य बोटबिरुवा र काठदाउरा मात्रै होइन डढेलोले ठूलो सङ्ख्यामा चितुवा, मृग, खरायो, दुम्सीजस्ता वन्यजन्तुको मर्नुका साथै बासस्थानको नास हुने गरेको छ। यसले यहाँको वन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नुपरेको छ', पराजुलीले भने। 

वनमा लागेको आगो स्थानीय उपभोक्ता, वन कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा दमकलको सहायतामा नियन्त्रणमा लिने गरिएको छ।

Laxmi sunrise bank
kumari

वनभोज जाने समूहले वनमा खाने कुरा पकाएपछि राम्रोसँग आगो ननिभाई छाड्ने, पाइपमर्मत गर्दा आगोको प्रयोग गर्ने तर ननिभाई छाड्ने, चुरोट तथा बिंडीका ठुटा जथाभावी फाल्ने, वनसँग जोडिएका खेतबारीमा सुकेका पात पतिङ्गर जलाउनेजस्ता कारणले आगलागी घटना बढ्दै भएका छन्।

पराजुली भन्छन्, 'उपभोक्ताले झाडी सफाइ, कटनीछटनीजस्ता वन व्यवस्थापनका कार्य, वनभित्रका वनपथ तथा अग्निरेखा सुक्खायाम अगावै राम्ररी सफा गर्नसके आगलागी नहुन सघाउ पुग्थ्यो तर त्यस्ता काम हुन सकेका छैनन्। त्यसैले अब भने प्राकृतिक सम्पदाको विनाशलाई रोक्न र कम गर्न सबै सचेत र जागरुक हुन आवश्यक छ।' 

वनमा आगो लगाउन वा आगलागी हुनजाने कुनै कार्य गर्नुलाई कसुर मानिएको छ। वनसम्बन्धी कसुर गर्नेलाई वन ऐन २०७६ को दफा ५० (४) बमोजिम विगो असुल गर्ने व्यवस्था छ।

कसुर गर्नेलाई ६० हजार रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएकाले कसुर गर्ने व्यक्तिलाई पक्राउ गर्न वा सूचना दिन पनि डिभिजन वन कार्यालय स्याङ्जाले अनुरोध गरेको छ।

प्रकाशित: May 05, 2024| 17:31 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्