बिहीबार, असार ४, २०८३

खडेरीले स्रोत सुक्दै, पानीका लागि विकल्पको खोजी

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

गण्डकी- लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका-३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन्। 

National life

पानीको स्रोत भएको स्थान खुर्वादीबाट लिफ्टिङ गरेर बर माझथरको सिरान हुडिकोटसम्म पुर्‍याइएको पानी यहाँका ११३ घरधुरीले उपयोग गरिरहेकोमा खडेरीका कारण पानीको स्रोत कम हुन थालेको स्थानीय युवा एवम् पावनडाँडा छविसे सामुदायिक बन उपभोक्ता समूहका सदस्य परमेश्वर पौडेलले जानकारी दिए।

उनका अनुसार उक्त योजनाअन्तर्गत हाल रहेको पानीको स्रोत खडेरीका कारण सुक्दै गएपछि दैनिक खानेपानी आपूर्तिमा समस्या आएका कारण वैकल्पिक स्रोतको खोजी गरिएको हो।

'वैकल्पिक स्रोत खोज्ने क्रममा खुर्वादीको हालको खानेपानीको मूल रहेको स्थानबाट नजिकै अर्को स्थानमा पानीको स्रोत फेला परेको छ', उनले भने, 'उक्त स्थानको पानी समेत मुल ट्याङ्कीमा जम्मा गरी स्रोत बढाउन लागेका हौँ।'

स्थानीयवासीको जनश्रमदानमा वैकल्पिक पानीको स्रोत खोजिएको पौडेलले जानकारी दिए। लामो समयको खडेरीले ग्रामीण क्षेत्रका अधिकांश स्थानका परम्परागत पानीका मूल तथा कुवा सुक्दै गएको स्थानीयवासी बताउँछन्।

Shivam cement

ठाउँठाउँमा लागेको डढेलोका कारण कतिपय स्थानमा पानी ल्याइएका पाइप डढ्दा पनि समस्या बढ्दै गएको छ।

प्रकाशित: May 05, 2024| 18:01 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्